कांग्रेसको १४ औं महाधिवेशन नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपसभापति पदको मतगणना बिहीवार राति साढे १२ बजे सकिएको छ ।बिहीवार बिहान २ बजे सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा धनराज गुरुङले विजय कुमार गच्छदारलाई २ मतअन्तरले पराजित गरेका छन् ।

गुरुङले १९०८ मत ल्याएर उपसभापति निर्वाचित हुँदा गच्छदारले १९०६ मत ल्याएका छन् ।
उपसभापतिमा पूर्णबहादुर खड्काले २१२१ मत, विजयकुमार गच्छदारले १९०६ मत , धनराज गुरुङले १९०८मत र डा. चन्द्र भण्डारीले १५८० मत पाएका छन् ।

उपसभापतिका अन्य उम्मेदवारहरू सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्येश्वरी शाहले १३२ मत पाएका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।







