
पाल्पा, सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन वुटवल सडक खण्ड पुनः पन्ध्र दिन बन्द हुने भएको छ । निर्माण व्यवसायीले अघिल्लो वर्षको ठेक्काको काम नसकेपछि सडक डिभिजन पाल्पाले पुनः राजमार्ग बन्द गरेर काम गर्न लागेको हो ।
सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले दिएको जानकारी अनुसार आजदेखि पुषको १३ गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गरेर काम सुरु गर्न लागिएको छ ।
रुपन्देहीको सिमाना तल्लो सिद्धबाबादेखि झुम्सा पुलसम्मको खण्डका तथा चर्चरे कालीमाटीदेखि गौडेपुलसम्म सडक चौडा गर्न र पहाड कटान गर्न रातको साढे नौ बजेदेखि बिहान साढे चार बजेसम्म सकड पूर्ण रुपमा बन्द गरेर काम गर्न थालिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।







