
काठमाडौं, नेपाली कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान हाल जारी भइरहँदा सभापतिका दुवै प्रत्यासी मत माग्न प्रतिनिधिहरूको माझमा पुगेका छन् ।
यसअघि पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन भएको हो । मंगलबार राष्ट्रिय सभागृहमा मतदानस्थल बाहिर पुगेर शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवैले मत मागिरहेका छन् ।
देउवा मतदाता भित्र प्रवेश गर्ने बाटोको छेउमा कुर्सी राखेर बसेका छन् भने शेखर उनको सम्मुखमा उभिएर मतदातालाई नमस्कार गरेर भोट मागिरहेका छन् ।







