
निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।
नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको छ ।
पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याए पनि उनको पक्षमा ५० प्रतिशत मत नपुगेपछि दोस्रो राउण्डमा सबैभन्दा बढी ल्याउने देउवा र शेखरबीच भिडन्त हुने भएको हो ।
पहिलो चरणमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत ल्याए ।
त्यसैगरी डा शेखर कोइरालाले १ हजार ७ सय २९ र प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाउँदा कल्याण गुरुङले २० मत मात्र पाएका छन् ।







