
नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ ।
दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउने नेताहरुले बताएका छन् ।
सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन अनिवार्य हुने व्यवस्था कांग्रेस विधानले गरेको छ । जसअनुसार सभापति जित्न २३४० मत चाहिने छ ।







