
काठमाडौं, रुघाखोकी र एलर्जीबाहेक जाडोको चिसो हावाले पनि साइनस संक्रमणलाई बढावा दिन सक्छ । हावासँगै धुलोका साना कणहरू हाम्रो साइनसमा प्रवेश गर्छ र सूजनको समस्या बढाउने गर्दछ ।
रुघाखोकीका साथै टाउको दुख्ने, अनुहारमा चाप लाग्ने र नाक बन्द हुने समस्या केही हप्तासम्म रहेमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । यी साइनस संक्रमणको लक्षण हुन सक्छ ।
यस्तो अवस्थामा तपाईंको घरपालुवा जनावर पनि खतरनाक साबित हुन सक्छ । जनावरको कपालबाट हुने डन्ड्रफले साइनसको सूजन निम्त्याउन सक्छ भने जाडोमा रक्सीको नियन्त्रित सेवनले पनि साइनसको जोखिम कम गर्न सकिने विज्ञहरू बताउँछन् ।
साइनसको समस्या भाइरसको कारणले हुन्छ तर कतिपय अवस्थामा ब्याक्टेरिया र फङ्गाले पनि यसको कारण हुन सक्छ । भाइरल इन्फेक्सन भएमा अरुलाई पनि सर्न सक्छ ।
साइनस इन्फेक्सनका लक्षणहरू:
साइनस इन्फेक्सनमा नाक बग्ने समस्या देख्न सकिन्छ । यसका अलावा टाउको दुख्ने, नाक बन्द हुने वा अनुहारमा दुखाइ पनि महसुस हुन्छ । यस्ता लक्षणहरूलाई लगातार बेवास्ता गर्दा तपाईंको दुखाइ बढ्दै जान्छ ।
बच्ने उपाय
जाडोमा साइनस इन्फेक्सनबाट बच्न केही विशेष कुरामा ध्यान दिनु जरुरी हुन्छ । खाना खानु अघि र पछि हात राम्ररी धुने ताकि बाहिरी कीटाणु मुख भित्र पस्न नसकोस । घरमा बिछ्याइएको गलैंचा परिवर्तन गर्नुहोस् र सिरानी, पाना, सोफा, फर्निचर आदिमा जमेको धुलोलाई राम्ररी सफा गर्नुहोस् । जनावरको सम्पर्कमा आउनबाट बच्नुहोस् ।
यसबाहेक चिकित्सकको सल्लाह लिएर नियमित रूपमा स्टीम लिनुहोस् । साइनस सुख्खा नदिन चिसो मौसममा पर्याप्त पानी पिउने । यस बाहेक मुखलाई मास्कले राम्रोसँग छोप्नुहोस् । प्रदूषण वा एलर्जीको जोखिमबाट बच्नुहोस् ।एजेन्सी







