
नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि सभापति पदको मतगणना सकिएको छ ।
सभापतिमा कूल ४६७९ मतगणना हुँदा शेरबहादुर देउवाले २२५८, शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९, कल्याण गुरुङले २० मत ल्याएका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन अनिवार्य हुने व्यवस्था कांग्रेस विधानले गरेको छ । जसअनुसार सभापति जित्न २३४० मत चाहिने छ ।
सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।
काँग्रेसको सभापति पदको मतगणना अन्तिम चरणमा पुगेको छ । ४५६३ मत गन्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २१४२ मत ल्याएका छन् भने अर्का प्रतिस्पर्धी शेखर कोइरालाको १७०८ मत रहेको छ ।
यस्तै विमलेन्द्र निधिले २४५ मत ल्याउँदा प्रकाशमान सिंहले ३५५ र कल्याण गुरुङले २० मत ल्याए ।







