
काठमाडौ । एमसीसी सम्झौता खारेजीको माग गर्दै (राष्ट्रवादी केन्द्र नेपाल ) को भातृ संगठन राष्ट्रवादी विद्यार्थी संघले एमसीसी सम्झौता पुर्ण खारेजीको माग राखी माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले यही मङ्सिर २८ गते संसदको अधिवेशनमा टेबुल गर्ने तयारी गरेको हुदा राष्ट्रवादी विद्यार्थी संघले पुर्ण खारेजीको माग राखी माइतीघर मण्डलामा बिरोधमा उत्रिएका छन । प्रदर्शनमा वक्ताहरुले बिरोध मन्तव्य राख्दै एमसीसी सम्झौता स्वीकार गर्दा देशमा अस्थिरता र देशै दन्दमा फस्ने , एमसीसी सम्झौता लाई पुर्ण खारेज गर्नुपर्ने र सरकारले ध्यान नगरिए थप देश व्यापी रूपमा आन्दोलनको आधीहुरीको सृष्टि गर्ने चेतावनी दिएका छन ।

राष्ट्रवादी महिला संघकि केन्द्रिय अध्यक्ष रन्जु बानियाँ , राष्ट्रवादी श्रमिक संघका केन्द्रिय अध्यक्ष किरण देउवा , केन्द्रिय महासमिति सदस्य साधुराम महर्जन , पुर्ब राष्ट्रवादी युवा संघका अध्यक्ष सागर अर्याल , राष्ट्रवादी विद्यार्थी संघका उपमहासचिव दिबश पटेल , सुस्मिता थापा अतुल पौडेल र राष्टवादी विद्यार्थी संगका सचीव अर्जुन पौडेल लगायतका वक्ताहरुले अहिले दइन प्रतिदिन बढ्दो मुल्य वृद्धि लाई नियन्त्रण गर्नुपर्ने र केहि बर्ष बाट लागु भएको एमसीसी सम्झौता देशको हितमा नभई बिदेशीको हितमा भएको हुदा यस सम्झौता लाई संशोधन होइन पुर्ण खारेज हुनुपर्ने चर्को माग गरेका छन ।

एमसीसी खारेज गर , बढ्दो महङगी नियन्त्रण गर , माटो सुहाउँदो शिक्षा प्रणाली लागु गर , शिक्षा स्वास्थ्य निशुल्क गर , स्वदेशमै रोजगारको ग्यारेन्टी गर , भ्रष्टाचारको अन्त्य गर , अनुदानको नाममा देश बेच्न पाइदैन जस्ता प्लेकार्ड , ब्यानर र राष्ट्रिय झण्डा सहित बिरोध प्रदर्शनमा उत्रिएका थिए ।
बिरोध तथा खबरदारी सभा लाई सम्बोधन गर्दै राष्ट्रवादी केन्द्र नेपालका केन्द्रिय अभियन्ता वा आजका प्रमुख वक्ता नरदेव न्यौपानेले एमसीसी परियोजना नेपालको हित बिपरित रहेको , राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म हामी निरन्तर संघर्षमा लागिरहने जिकिर गर्नुभयो । माइतीघर मण्डलामा उपस्थित प्रदर्शनकारीले एमसीसी अस्विकार गर्नुपर्ने बताएका छन ।

शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ,युवाहरू लाई योग्यता,क्षमता, सीप र कला अनुसार देश भित्रै रोजगारको ग्यारेन्टी हुनुपर्छ , शिक्षा माटो सुहाउँदो हुनुपर्छ , न्युनतम मासिक तलब तीस हजार हुनुपर्छ जस्ता माग राखी विगत पाँच बर्ष देखी निरन्तर आवाज उठाउदै आइरहेको एक स्वतन्त्र संगठन राष्ट्रवादी विद्यार्थी संघ हो ।
राष्ट्रवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष अनुप लामिछानेले बिरोध सभालाई समापन गर्दै जसरी प्रत्येक आन्दोलनमा विद्यार्थीको भुमिका हुने गर्छ त्यसैगरी नेपालमा एमसीसी सम्झौता खारेजीको लागी राष्ट्रवादी विद्यार्थी संघको प्रमुख भुमिका रहने प्रतिबद्धता जाहेर गर्नु भयो भने सुभाष श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।







