काँग्रेसको १४ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरुले मत खसाल्ने क्रम जारी छ ।
बिहान १२ बजेबाट सुरु भएको मतदानमा सभापतिका प्रत्यासी शेरबहादुर देउवा, शेखर कोईराला, प्रकाशमान सिंह लगायतले मतदान गरिसकेका छन् ।

तर सुरुमै मतदान गरिसकेका देउवा मतदानपछि राष्ट्रिय सभागृहको मतदान केन्द्रको छेवैमा कुर्सी राखेर बसिरहेका छन् । मतदाता लाइन लागेर मत खसाल्न जाने बाटो छेवैमा बसेका देउवालाई मतदाताले देख्दा नमस्कार समेत गर्ने गरे ।







