काठमाडौं, मङ्सिर २५ गते । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा छ जनाले सभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित छ जनाले शनिबार उम्मेदवारी दर्ता गर्नुभएको हो ।

काँग्रेस सभापतिमा देउवा, उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेलको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी सहमहामन्त्रीमा महिलातर्फ डिना उपाध्याय र कमला पन्त, जनजातीतर्फ भिष्मराज आङ्दाम्बे र विकास लामा ,मधेशीतर्फ महेन्द्र यादव र रामकृष्ण यादव, खसआर्यतर्फ किशोरसिं राठोर र देवराज चालीसे, थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी मुष्लिमतर्फ फरम्ल्ला मनसुर र शेद वकिल, पिछडिएकोतर्फ जीवनबहादुर शाही र बद्री पाण्डे तथा दलिततर्फ मान बहादुर विश्वकर्मा र जीवन परियारले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
त्यसैगरी, सभापतिमा डा. शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सभापति उम्मेदवारमध्ये गुरुङ्ग र न्यौपानेले एक्लाएक्लै उम्मेदवारी दर्ता गर्नुभएको हो ।उपसभापतिमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्री साहले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महामन्त्रीमा मिनेन्द्र रिजाल, गगन थापा र विश्वप्रकास शर्माले उम्मेदवारी दर्ता गर्नुभएको छ । सँगै सहमहामन्त्रीमा रञ्जीत कर्ण, गंगा सुनार, चेतराज बजाल र सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।







