
काठमाडौं, बुधबार नेपालमा थप ४४८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सङ्ख्या २४ हजार ४३२ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।
पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ ।







