
कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ बुधबार मकवानपुरको सिस्नेरिस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव फेला परेको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपिले जानकारी दिएका छन । परिवारलाई फोटो देखाएपछि सनाखत गरिएको बताएका छन ।
बानियाँ दुई दिनदेखि घर नफर्किएका भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएका थिए । अपराध महाशाखाले बानियाँको मोबाईल फोनको बिश्व्लेषणको आधारमा उनको खोजी थालेको थियो भने उनको मोबाईल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्विच ओफ भएको ।
सोमबार करिब ३:२३ मा बानियाँ बल्खु खोलाको पुलमुनी देखिएका, बाटो छेउबाट हिलैहिलोमा हिंडेको देखेपछी स्थानियले त्यता नजानसमेत आग्रह गरेको अपराध महाशाखाले जनाएको छ ।







