
बुटवल, बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना व्यक्तिको आज बिहान मृत्यु भएको छ । मृतक दुबै व्यक्ति कपिलवस्तु जिल्लाका रहेको अस्पताल कोरोना फोकलले बाताएका छन ।
उनका अनुसार मृतकमध्ये एक जना कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षिया कोरोना संक्रमीत हुन । उनलाई साउन २५ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो र अस्पताल ल्याए लगत्तै आईसियुबाट भेन्टिलेटरमा सारिएको थियो । बिहान ४:३० बजे मृत्यु भएको अस्पतालले जनायका छन ।
अर्का मृतक कपिलवस्तुको कृष्णसार नगरपालिका १३ का २२ वर्षिया युवा रहेको छ । उनलाई साउन २७ गते अस्पताल ल्याइएको थियो र गम्भीर अवस्था देखिएपछी आईसियु हुँदै त्यसैदिन भेन्टिलेटरमा रखिएको थियो । यी दुबै भारतबाट आएका थिए भने २२ वर्षिया युवाको नतिजा आउन बाँकि छ ।







