
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । संक्रमण पुष्टि भएपछि हाल उनलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको छ ।
डाक्टरका अनुसार जबरालाई निमोनिया समेत देखिएको छ । दुई दिनअघि प्रधानन्यायाधीश जबराको परिवारका एक जनालाई सङ्क्रमण देखिएपछि उनले स्वास्थ्य परीक्षण गरेका थिए ।







