
काठमाडौं मंसिर १३ गते । गएकाे २४ घण्टामा नेपालमा १५९ जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८८८ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट २४३ जना र एन्टीजेन परिक्षण विधीबाट १६ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप २६४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । हालसम्म नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५२४ जना पुगेका छन् ।







