
काठमाडौं, नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् । उनले आफू केन्द्रीय सदस्य र कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् ।
सोमबार उनले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले पण्डितलाई केन्द्रीय सदस्यमा समेटे पनि सो पदमा नबस्ने घोषणा गरेका हुन् ।
चितवनको सौराहा जारी १० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका पण्डितले सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको समेत जानकारी गराएका छन् ।







