
सौराहा, आइतबार नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षका दाबेदार ईश्वर पोखरेल र सुवास नेम्वाङसँग छलफल गरेका छन् ।
ओलीनिकट स्रोतका अनुसार आज मध्यान्ह ओलीले पहिले पोखरेल र त्यसपछि नेम्वाङसँग छलफल गरेका थिए । वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका पोखरेललाई नेम्वाङको चुनौतीले पिरोलिरहेको छ ।
यसैबीच ओलीले नेम्वाङलाई ब्याक गराउन राष्ट्रपतिसम्मको अफर गरेका छन् भने नेम्वाङले आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन् ।







