
इजरायल, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासका कारण इजरायलले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ । उक्त देशका सबै नाकाहरु समेत बन्द गराउने भएको छ ।
इजरायलमा पनि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण भेटिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय सोमबार मध्यरातीबाट लागू हुनेछ।
इजरायलका प्रधानमन्त्री नाफताली बेनेटले विज्ञप्ति जारी गर्दै कोरोनाको नयाँ भेरियन्टबाट बच्न यस्तो व्यवस्था गरिएको बताएका हुन् ।एजेन्सी







