
चितवन, नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेपालको राष्ट्रिय झन्डा, पार्टीको चिह्न एवं चुनाव चिह्न अंकित तीनवटा झन्डाहरूसँगै झन्डोत्तोलन गरेर उद्घाटन गरेका छन् ।
एमालेको महाधिवेशन हाल चितवनको नारायणी नदीको किनारमा जारी छ । अध्यक्ष ओलीले झन्डोत्तोलन गरे लगत्तै महाधिवेशनको मस्कटको पनि औपचारिक अनावरण गरेका हुन् ।
यसैगरी मस्कट अनावरण गरेपछि ओलीले मञ्चको अघिल्तिर बसेका कार्यकर्ताहरुबाट अभिवादन समेत ग्रहण गरेका थिए । सो उद्धघाटन कार्यक्रममा छिमेकी मुलुक भारतलगायत विभिन्न छिमेकी मुलुकबाट समेत प्रतिनिधिको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रधानमन्त्री शेरबाहदुर देउवा लगायत अन्य पार्टीका नेताहरुको समेत उपस्थिति रहेको छ ।








