
काठमाडौं मंसिर ९ गते । गएकाे २४ घण्टामा नेपालमा ३०८ जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट २८१ जना र एन्टीजेन परिक्षण विधीबाट २७ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप २९८ जना डिस्चार्ज भएका छन् ।







