
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै गत कात्तिक १७ गतेबाट आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।
नेपाल बार र बार सर्वाेच्चले मंगलबार सत्ता घटक नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षणपत्र बुझाउन लागेका हुन् ।
बारले सोमबार नेकपा एमाले, माओवादी केन्द्र, जनता समावादी, राष्ट्रिय जनमोर्चा तथा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।







