काठमाडौं ,प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक आज दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने नेकपा एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा महाधिवेशन तयारीबारे छलफल गर्ने कार्यसूची रहेको छ । नेकपा एमालेले यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्दैछ।
आजको बैठकमा पाँच प्रतिशत प्रतिनिधिको छनोटसमेत गरिने कार्यालय सचिव तामाङले जानकारी दिए ।महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधिहरु सहभागी हुँदैछन्। त्यसमध्ये देशभरबाट १ हजार ९ सय ३ जना प्रतिनिधि छनोट भइसकेका छन्। बाँकी ९६ जना अर्थात् पाँच प्रतिशत प्रतिनिधिको मनोनयन आजको स्थायी कमिटीले गर्नेछ।







