
काठमाडौँ, बाह्रबिसे नगरपालिका ४ एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी गराएका छन् । बाह्रबिसे नगरपालिकाका ८४ वर्षीय पुरुष साउन २२ गते मनमोहन कार्डियोभास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएका थिए बाह्रबिसेका ८४ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको आज जानकारी प्राप्त भएको छ ।
उनको अन्त्यष्टि २३ गते बाह्रबिसेमा गरिएको थियो । अस्पताल स्रोतका अनुसार मृतकको कोरोना परीक्षणको रिपोर्ट नआइ शव नलान भनेपनि परिवारले नमानिकन लगेका थिए । मृतक ८४ वर्षिय पुरुषको मलामीमा सयौंको संख्यामा उपस्थित थिए ती मलामीहरुमा कतै संक्रमित त भएन भन्ने आशंका बढेकाे छ । फाइल फाेटाे परिवर्तन गरिएको छ ।
मृतककाे काेभिड – १९ बारे वाग्मती प्रदेशकाे प्रेस विज्ञप्ति







