
बेइजिङ, चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामाग्री पठाएको छ । चीनले पठाएको १ हजार टन मानवीय सहायताका सामाग्री बोकेको एउटा रेल चीनको उत्तरपश्चिम सिन्जियाङको उइगुर स्वायत्त क्षेत्रबाट अफानिस्तानतर्फ प्रस्थान गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सो रेल १२ दिनभित्र अफगानिस्तानको मजार आइ सरिफ पुग्नेछ ।चीनले पठाएका सामाग्रीमा नान, पाउडर दुध, कटनका जुत्ता, लुगा र कम्मललगायत छन् ।
सन् २०२१ देखि चीन –अफगानिस्तान मालबहाक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामाग्री पठाएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले दुई देशबीचको मालबहाक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामाग्री आयात निर्यात भएको बताएका थिए ।एजेन्सी







