
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा रहेर विगत लामो समय पत्रकारिता आवद्ध रहेका नानीराम नेपालको हृदयघातका कारण निधन भएको छ ।
पत्रकार महासंघ सिन्धुपाल्चोकको सहसचिव समेत रहेका न्युजअरनिको अनलाइन का सम्पादक नेपालको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लादैं गर्दा धुलिखेल अस्पतालमा बिहिबार साँझ ५ः३० बजे उनको निधन भएको हो ।
बलेफी गाउँपालिका ४ निवासी ३१ वर्षीय नेपाललाई बिहीबार दिउँसो करिब २ बजे खाडीचौरमा रहेका बेला एक्कासि हृदयाघात भएको थियो । तत्काल न्यु सदाबहार हस्पिटल खाडीचौरमा पुर्याउँदा त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई धुलिखेल अस्पताल रिफर गरिएको थियो ।
पारिवारिक स्रोतका अनुसार ४ बजे धलिखेल अस्पताल पुर्याइएका नेपाललाइ ५ः३० बजे डाक्टरले मृत छोषणा गरेको हो । नेपालको परिवारमा आमा–बुबा, श्रीमती सुशीला तथा ६ वर्षीया छोरी र डेढ वर्षीय छोरा रहेका छन् ।







