
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा गोलाप्रथा लागू गर्न फुलकोर्टको बैठक सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारले आन्दोलन गरिरहेको बेला सर्वोच्चका न्यायाधीशहरुसँग छलफल गरेर इजलास तोक्न गोलाप्रथा लागू गर्न फुलकोर्टको बैठक राखिएको हो ।
सर्वोच्चका अधिकांश न्यायाधीशहरु प्रधानन्यायाधीश जबराको विपक्षमा रहेपनि केही दिनअघि ५ जना न्यायाधीशहरु नियमित काममा फर्किएपछि जबराले फुलकोर्ट बोलाएका हुन् ।







