
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर निरन्तर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनको धर्नामा प्रहरीले बिहिवार बल प्रयोग गरेको छ । बिहिवार जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो ।
सर्वाेच्च परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका छन् ।
यस्तै कानुन व्यवसायीले मूलगेटमा धर्ना दिँदै आएका कारण जबरा वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरिरहेका छन् । तर आज भने कानुन व्यवासयी वैकल्पिक गेटमा धर्ना दिन पुगेका थिए ।







