
काठमाडौं, बुधबार थप ४१२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १८ हजार ३५ पुगेको छ ।
एन्टिजेन विधिद्वारा १ हजार ८८७ परीक्षण हुँदा ४९ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ९९३ परीक्षण हुँदा ४१२ मा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ९१६ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ ।







