
काठमाडौं, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आज प्रदेशसभा बैठकमा उनले राखेको विश्वासकाे मतकाे प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको हो ।
उनले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।
आजको मतदानमा ७९ जना उपस्थित भएका थिए भने मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।







