
मुगु, जिल्लाको मुगुसदरमुकाम गमगढीस्थित तल्लो बजारमा सोमबार राति आगलागी हुँदा २० घर ध्वस्त भएका छन् ।
प्रहरीका अनुसार ठील्ले लामाको घरमा पूजा कोठाको दियोबाट सल्केको आगोबाट सदरमुकाम गमगढीस्थित तल्लो बजारका २० घर ध्वस्त भई ५० करोड बढी क्षति भएको हो ।
राति १२:३० बाट सुरु भएको लागो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र नेपाली सेना र स्थानियले बुधबार बिहान ४ बजे नियन्त्रणमा ल्याएका थिए ।
साघुँरा गल्लि र पानी र दमकल तथा अन्य उपकरणकको अभावले गर्दा ठूलो क्षति भएको हो । आगलागीले भौतिक संरचना तथा धनमाल क्षति भएको भएपनी मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी चित्र बहादुर भट्टराईका अनुसार ठिल्ले लामाको पुजा कोठाको दियोबाट सल्केको आगोले तल्लो बजारमा रहेको लामाको घरसहित छिरिङ लामा, गोमा शाही, डम्बर मल्ल, झमा लामा, गुरु लामा, टासी लामा, राजबहादु शाही, छत्त बहादुर मःल्ल, कुसलाला सावद, पृथ्बिजङ्ग शाही, रत्नबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, ग्याम्जो लामा, याग्याल लामा, बिशाल मल्ल, पुतलि शाही, लक्ष्मि शाहीको घर पूर्ण रुपले क्षति हुँदा ५० करोडभन्दा माथि क्षति भएको हो ।
यसैगरी खाद्यान्न, फेन्सि, रेष्टुरेण्ट, होटल मेडिकल, संचालनमा आएका घरहरुमा आगलागी हुँदा हाल आगलागी पिडितहरुलाई महाकाली मावि खाद्य संस्थान र पशु कार्यालयको खुल्ला चौरमा राखिएको छ ।







