बारा कात्तिक २९ । बाराको परवानीपुर गाउँपालिका अन्तर्गत वडा नं ५ बहुअरी टोलमा नेपाली कांग्रेसको वडा अधिवेशन आज स्थगित भएको छ ।

क्रियाशील सदस्यहरूको नामावलीमा एक पक्ष सहमत नभएपछि केही विवाद भएको थियोे । तथापि १३औं अधिवेशनमा भाग लिएका सदस्यहरू मात्र भाग लिने अडान अर्को पक्षले लिए ।
यसैक्रममा प्राप्त जानकारी अनुसार ९ जना नयाँ सदस्यहरू थप आएकोले विवाद भएको हो ।







