
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन पेस गरेकाे छ ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।







