
काठमाडौं, सर्वोच्च अदालत परिसरभित्र पत्रकारलाई रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारको आन्दोलनमा समाचार संकलन गर्ने पत्रकारहरुलाई प्रवेशमा निषेध गरिएको हो ।
हिजोसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रैबाट रिपोटिङ गर्दै आएका थिए भने आजबाट प्रहरीले रोक लगाएको हो ।
नेपाल बारले जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि आन्दोलन गर्दै आएको छ । अर्कोतर्फ प्रधानन्यायाधीशको समर्थन र बारको विरोधमा सडकमा केही समुह पनि निस्किएको छ ।







