
काठमाडौं, नेपाल बार एसोसिएसनले आफूहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग वार्तामा नबस्ने जवाफ फर्काएका छन् ।
सोमबार बिहान प्रधानन्यायाधीशले आन्दोलनरत कानुन व्यवसायीलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका थिए ।
सो जवाफ दिँदै नेपाल एसोसिएसनले प्रधानन्यायाधीशलाई यस्तो जवाफ दिएको हो भने प्रधानन्यायाधीश जबराले न्यायापालिकाको समग्र आधारलाई कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेका थिए ।







