
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार नेपाल बार एसोसिएशनलाई वार्ताको लागि आह्वान गरेका छन् ।
उनले एक विज्ञप्ती जारी गर्दै पछिल्लो अवस्थामा देखिएको गतिरोधको सम्बोधनको लागि उपयुक्त संवाद भएको भन्दै संवादको लागि आह्वान गरेका हुन् ।
न्यायालयभित्र सृजित गतिरोधको कारण आम नागरिकहरुका प्रश्न हामीसबैतीर सोझिएको भन्दै जबराले बार र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादको लागि अनुरोध गरेका हुन् ।
जबराद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘जनताको न्यायीक अधिकारको रक्षा गर्ने कर्तव्य एवं अधिकार न्यायापालिकासँग मात्र सुरक्षित रहेको तथ्यलाई ह्दयगम गरी यसको निर्वाध कार्यान्वयनतर्फ हामी सबैको दायित्व रहनुपर्छ ।’









