
काठमाडौं, नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको आज पनि देशका ९० वटा बार इकाईमा विरोध प्रदर्शन गर्दैछ ।
बारका महासचिव लीलामणि पौडेलका अनुसार आज काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिनेछ ।
प्रधानन्याधीशलाई सर्वोच्च अदालत प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारबाट गेटमै प्रदर्शन गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिँदै आज पनि मध्यान्न १२ बजेसम्म देशभरका सबै अदालतमा विरोधका कार्यक्रम रहेको उनले बताए ।







