
काठमाडौं, आइतबार थप ३०६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १६ हजार ९६६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टिजेन विधिद्वारा १ हजार ५९८ परीक्षण हुँदा १५ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी ९ हजार ६०६ परीक्षण हुँदा ३०६ मा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार २७४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ ।







