
काठमाडौं, शनिबार नेपालमा २९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ८ हजार २४३ पीसीआर परीक्षणमा २६० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमित हुनेको संख्या ८ लाख १६ हजार ६७५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ९२६ रहेको छ ।
सोही अवधिम नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २७८ रहेको छ भने २४ घण्टामा ३४ हजार ७१६ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।







