
चितवन, नेकपा एमालेले १०औं महाधिवेशनको प्रचार प्रसारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने जनाएको छ ।
आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको प्रचारमा भित्ते लेखन र कागजका पोष्टरहरु प्रयोग नहुने बताएका हुन् ।
भट्टराईका अनुसार मुख्य शहरहरुमा डिजिटल डिस्प्लेहरुमा महाधिवेशनको प्रचार प्रचार गरिनेछ भने हाइवे तथा सहायक सडकहरुमा पनि स्वागतद्धारहरु बनाइनेछ । यसैगरी मंसिर ७ गते मोटरसाइकल र्याली हुने जनाइएकाे छ ।







