
काठमाडौं, नेकपा (माओवादी केन्द्र)ले शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय हेरफेर गरेको छ ।
सचिवालयमा रहेका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ । उनी लामो समयदेखि दाहालको सचिवालयमै थिए ।
हाललाई प्रमुख स्वकीय सचिव नराखी स्वकीय सचिवका रुपमा पूर्व विद्यार्थी नेता रमेश मल्ललाई जिम्मेवारी दिइएको दाहालको सचिवालयले जनाएको छ ।
यसैगरी बैठकले प्रेस संयोजक विष्णु सापकोटालाई पनि प्रेस सेन्टरको हालको जिम्मेवारीको काममा केन्द्रीत गराउने निर्णय गरेको छ ।







