
काठमाडौं, नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन हरेक दिन मुल गेटमा धर्ना दिने भएको छ ।
शुक्रबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबारबाट पनि सर्वोेच्चको गेटमा धर्नालाई निरन्तरता दिन प्रत्येक दिन साढे ९ बजे भेला हुन आह्वान गरेका हुन् । सर्वोच्चको गेटमा धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
यसैगरी प्रधानन्यायाधीश जबरालाई अदालतमा प्रवेशमा रोक लगाउन आज बिहानैबाट कानुन ब्यवसायीहरु धर्नामा बसेका छन भने जबराको पक्षमा नाराबाजी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।







