
काठमाडौं, शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो ।
यसैगरी आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु १५ ले बढेर एक हजार २८५ रुपैयाँम कारोबार भैरहेको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो ।







