
काठमाडौं, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।
कार्यालय सचिव श्रीराम ढकालका अनुसार बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने छ । पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न लागेको उनको भनाइ छ ।







