
काठमाडौं, नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कानुन व्यवसायीको विरोध गर्दै प्रधान न्यायाधीशको पक्षमा प्रदर्शन गरेपछि झडप हुन नदिन उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा तारा बराल सहित ३ जना महिला र एकजना पुरुष छन् । प्रधान्यायाधीशको पक्षमा नाराबाजी गर्दै उनीहरुले बारको धर्ना भंग गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।







