
दुबई, दुबईको आबुधाबिमा जारी -२० विश्वकप क्रिकेट खेल अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले खेलको फाइनलमा स्थान बनाएको छ ।
माथियु वाडेले १७ बलमा ४१ रन बनाउँदै अस्ट्रेलियालाई फाइनलको यात्रा गराएका हुन् भने उनले लगातार तीन छक्का प्रहार गरेपछि अन्तिम ओभर बाँकी छँदै अस्ट्रेलियाले खेल आफ्नो पक्षमा पारेको थियो ।
यसअघि टस हारेर फिल्डिङ गरेको पाकिस्तानले खेल जित्नका लागि १ सय ७७ रनको चुनौती दिएको थियो । पाकिस्तानबाट मोहम्मद रिजवानले ६७, बाबर आजमले ३९ र फकर जमानले अविजित ५५ रन बनाएका थिए ।
यसैगरी अब फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्नेछ । इङल्यान्डलाई हराएर न्युजिल्यान्डले फाइनल यात्रा तय गरेको हो ।







