
काठमाडौं, सरकारले पेट्रोलियम पदार्थमा निरन्तर मूल्यवृद्धि गरेको भन्दै नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सडकमा विरोध प्रदर्शन गरेको छ । उक्त विरोध प्रदर्शन बिहिवार आर.आर. कलेज, प्रदर्शनीमार्गबाट भएको हो ।
सोही उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको मुकुटसहितको पुत्लादहन गरेका थिए । अनेरास्ववियु उपत्यका विशेष बाग्मती प्रदेश अध्यक्ष शंकर भण्डारीको नेतृत्वमा प्रदर्शन भएको हो भने कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आर.सी. लामिछाने, उपाध्यक्ष याम पाण्डे, महासचिव समिक बडाल, उपमहासचिव सुदर्शन शिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।







