
काठमाडौं, गत २४ घण्टामा नेपालमा ३१७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १६ हजार ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ रहेको छ ।
सोही अवधिमा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।
यसैगरी हालसम्म देशभर ४४ लाख ८४ हजार १५४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ९८ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ७ हजार ५३५ रहेको छ ।







