
नयाँदिल्ली, प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच साउथ ब्लकमा भेटवार्ता भएको छ ।
भारतीय विदेशमन्त्रीका अनुसार आज भएकाे द्धिपक्षीय भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको हो ।
भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानसेनापति शर्माले बुधबार भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी पनि ग्रहण गरेका थिए । उनले तीन सेनाका समकक्षीसँग पनि भेटवार्ता गरेका छन् ।







