
काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । तिहारपछि गत सोमबार खुलेको बजारमा एकैदिन अधिकतम एक हजार ५०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घट्दै ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।
यसैगरी तेजाबी सुनको मूल्य समेत आज २०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने सोमबारकै मूल्य कायम हुँदै मंगलबार पनि प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।







