
काठमाडौं कार्तिक १९ गते । काेराेना संक्रमित पछिल्लो समय घट्न थालेकाे छ ।गएकाे २४ घण्टामा नेपालमा १८३ जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८४४ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट १७४ जना र एन्टीजेन परिक्षण विधीबाट ९ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा ६४९ जना डिस्चार्ज भएका छन् भने २ जनाकाे मृत्यु भएको छ ।







